काठमाडौँ १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् ।
यसअघि शनिबारका लागि निर्धारण गरिएको प्रधानमन्त्री ओलीको कार्यक्रम तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित गरिएको थियो ।
मध्याह्न १२ बजेपछि पोखराका विभिन्न कार्यक्रममा व्यस्त हुने ओली यति एयरलाइन्सको विमानमार्फत विहान ११:४० बजे पोखरा पुग्नेछन् । त्यसपछि केहीबेर आराम गरेर उनले गण्डकी प्रदेश सरकारले निर्माण गर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्ने कार्यक्रम छ ।
पोखरा–१ नदीपुरमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठान शिलान्यासपछि उनले १ बजे पोखरा सभागृहमा हुने गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने नेकपा ओली समूहका गण्डकी प्रदेश सहइञ्चार्ज किरण गुरूङले...
काठमाडौँ १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् ।
यसअघि शनिबारका लागि निर्धारण गरिएको प्रधानमन्त्री ओलीको कार्यक्रम तयारी नपुगेको भन्दै अन्तिम समयमा...