निमुखालाई साहिब दरबारको स्पेशल “भेज बिरयानी”

spot_img

बीरगन्ज, १८ जेठ- बीरगन्जमा साहिब दरबारको निमुखाको पेट भर्ने अभियान मंगलबार २७ औं दिन पनि जारी छ । २७ औं दिनमा आईपुगेको निमुखाको पेट अभियान अन्र्तगत मंगलबार स्पेशल खाना भेज बिरयानी वितरण गरिएको साहिब दरबारका संयोजक राजेशमान सिंहले जानकारी दिए ।

दोस्रो लहरको कोरोनाको कहर शुरु भएदेखि शुरु भएको साबिह दरबारको “जटिल वैश्विक यो कोरोना महामारी, निशुल्क भोजन हाम्रो जिम्मेवारी !!” अभियान अन्र्तगत साहिब दरबारको नेतृत्वमा अभियान निरन्तर जारी छ ।

साहिब दरबार सेवा संस्था, समर्पण सेवा संस्था र स्टार मार्बल एण्ड सेनेटरी प्रालिको संयुक्त अभियान अन्र्तगत मंगलबार पनि बीरगन्जका विभिन्न भागमा निःशुल्क भोजन वितरण गरिएको अयिभानका संयोजक तथा जसपाका नेता राजेशमान सिंहले बताए ।

मंगलबारको अभियानमा रूपेश मान सिंह, सुधीर कर्ण, वकिल हवारी, अफरोज आलम, राहुल तुल्स्यान, किशोर सिंह ठकुरी, विक्रम श्रेष्ठ, मन्दीप ठकुरी, बिनोद बैठा, दशरथ बैठा, संजय साह, राजा चौरसिया लगायतका अभियानकर्ताहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय