Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026
Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026

नबिल बैंकको खुद नाफा...

काठमाडाैं,१५ माघ । नबिल बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिनामा खुद नाफा...

बसतपुरका युवाहरूले चौकमै बालेन...

बारा,१५ माघ । बाराका कलैया उपमहानगरपालिका–२० बसतपुरका युवाहरूले सार्वजनिक रूपमा बालेन शाहको फोटो...

प्रेस चौतारिको बैठक सम्पन्न,...

काठमाडाैं,१५ माघ । प्रेस चौतारि नेपाल पर्साको बैठक आज सम्पन्न भएको छ। बैठकले...

भारतमा निपाह भाइरस पुष्टि,...

काठमाडौँ,१५  माघ । छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस जनस्वास्थ्यको गम्भीर...
spot_img

चुनावकाे मुखमा प्रधानमन्त्री भारत जानुकाे कारण के ? : अध्यक्ष ओली

spot_img

काठमाण्डाै, १७ चैत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । आज शुक्रवार अनेरास्ववियुको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले चुनावको मुखमा प्रधानमन्त्री भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै नेपाल फर्किएपछि उहाँलाई सोध्ने बताए ।

उनले भने , ‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला– यति समय किन जानुभएन, यतिबेरै किन जानुभयाे भनेर । यही समयमा किन जानुभयाे भनेर ?’

अध्यक्ष ओलीले सम्बोधनको धेरैजसो समय नेपाली कांग्रेसविरुद्ध खनिनुभएको थियो । उहाँले कांग्रेसले सधैँ लोकतन्त्र विरोधी र राष्ट्रियता विरोधीसँग घाँटी जोड्ने गरेको आरोपसमेत लगाए ।

यस्तै कार्यक्रममा ओलीले आफूले दैनिक चार वटा कार्यक्रम भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । एमालेलाई बलियो बनाउन युवाको नै हात रहेको उहाँको भनाइ छ । एमालेको हरुवा बानी नभएको ओलीले बताए ।

यस्तै कार्यक्रममा उहाँले सामाजिक अभियन्ताको जागरण ल्याउनुपर्नेमा जोड दिए । माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पुर्‍याउने छुट अब कसैलाई नरहेको उहाँको तर्क थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय