काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएकाे छ । उहाँहरूबीच केहीबेरअघि नयाँ दिल्लीकाे चाणक्यपुरीमा रहेकाे आईटीसीमा भेटवार्ता भएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छन् ।
प्रधानमन्त्री देउवाले भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन शृङ्गलासँग पनि भेटवार्ता गर्नुभएकाे छ ।
विदेशमन्त्री जयशङ्करसँगकाे भेटपछि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (बीजेपी) काे केन्द्रीय कार्यालय पनि पुग्नुभएकाे छ । त्यहाँ प्रधानमन्त्री देउवाले बीजेपी अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गरेका छन ।
भोलि शनिवार बिहान १० बजेर ४० मिनेटमा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । त्यहाँ संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम छ । प्रधामन्त्री देउवाले दिउँसो साढे ४ बजे भारतका उपराष्ट्रपति एस बेंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गनेछन ।
भ्रमणको तेस्रो दिन आइतवार प्रधानमन्त्रीसहितको टोली बिहानै बनारस जानेछ । देउवा नेतृत्वको टोली आइतवार दिउँसो नेपाल फर्कने कार्यक्रम छ ।



