बिहिबार, बैशाख १३, २०८१
Thu, April 25, 2024

भोलिदेखि कक्षा १२ को...

१३ वैशाख, भक्तपुर । कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरु हुँदै छ...

पूर्वमन्त्री आलमसहित चार जनालाई...

१३ वैशाख, काठमाडौं । जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई...

योजना कार्यान्वयनका लागि रूपान्तरणका...

१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका...

पर्साको धोबिनी गाउँपालिकाको स्वास्थ्य...

१३ वैशाख १३ वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरूमा औंषधी अभाव...
18.1 C
Kathmandu
27.3 C
Birgunj

डा.राउत नेतृत्वको जनमत पार्टीले ७ वटा पालिकामा अग्रता

सिफारिस

जनकपुरधाम, जेष्ठ १ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ वटा पालिकामा अग्रता लिएको छ । २० वटामा प्रतिस्पर्धा गरिरहेको छ ।

- Advertisement -

प्रारम्भिक मतगणनामा जनमत पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको हो ।

मधेश प्रदेशको सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, वलानविहुल गाउँपालिका, धनुषाको लक्ष्मीनियाँ गाउँपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा जनमत पार्टीले अग्रता लिएको छ ।

- Advertisement -

सप्तरीको कञ्चनरुप नगरपालिकामा जनमत पार्टीका मेयर पदका उम्मेदवार इन्द्रदेव कौगडिया, हनुमान नगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी, वलान विहुल गाउँपालिकामा अध्यक्ष पदमा जनमत पार्टीका खेमचन्द्र यादवले अग्रता कायमै राखेका छन् । त्यसै गरी धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीका उम्मेदवार जितेन्द्रकुमार यादवले अग्रता कायम राखेका छन् ।

रुपन्देहीको मर्चवारी गाउँपालिकामा २ हजार ४३६ मत गणना गर्दा जनमत पार्टीका अध्यक्ष पदका उम्मेदवार मुरलीधर कुर्मीले ८१७ मत ल्याएर अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका ज्ञानप्रकाश मिश्रले ७१३ , लोकतान्त्रिक समाजवादी पार्टीका केशबनन्द बनियाले ४३६, जनता प्रगतिशील पार्टी नेपालका गयाप्रसाद बरईले २७८ मत ल्याएका छन् । जनता समाजवादी पार्टीका उमाशंकर यादवले ६३ मत र नेकपा एमालेका कमलेश यादवले ४८ मत ल्याएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्ताले अग्रता लिएका छन् । सम्मरीमाई गाउँपालिकामा जनमत पार्टीका अध्यक्षका उम्मेदवार रामरतन केवटले अग्रता लिएका छन् ।

जनमत पार्टीका अध्यक्ष राउतले २० वटा पालिकामा जनमत पार्टी प्रतिस्पर्धामा रहेको बताउँछन् । मतगणनास्थलमा प्रहरी, प्रशासनदेखि अन्य राजनीतिक दलका नेताहरूले धाँधली गरिरहेको उनको आरोप छ ।

‘कतिपय मतगणनास्थलमा हाम्रो पार्टीको उम्मेदवारलाई पनि जान दिइएको छैन, कतिपय ठाउँमा प्रतिनिधिलाई पनि जान दिइएको छैन,’ राउतले आरोप लगाउँदै लोकान्तरसँग भने, ‘कतिपय स्थानमा त वडाध्यक्ष जितेको भए पनि आयोगले धाँधली गर्दै अन्य उम्मेदवारलाई जिताएको घोषणा गरेका छन् ।’

सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर १ मा अध्यक्ष पदमा जनमत पार्टीको उम्मेदवारले जितेको उनको दाबी छ । तर, निर्वाचन आयोगले पछि घोषणा गर्दा २२ मतले अन्य उम्मेदवार जितेको घोषणा गरेर धाँधली गरेको राउतले आरोप लगाए ।

कञ्चनरुपजस्तै अन्य पालिकाहरूमा पनि जनमत पार्टीका उम्मेदवारलाई पराजय गर्ने षड्यन्त्र भइरहेको उनको दाबी छ ।

लोकान्तर डट्कममा प्रकाशित सामग्री विना अनुमति साभार गर्न पाइने छैन । अनधिकृत रूपमा सामग्री प्रयोग गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुनेछ ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार