Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

बीरगन्ज–३२ का वडाध्यक्ष ठकुराईसहित...

बीरगन्ज,२७ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित बीरगन्ज महानगरपालिका–३२ का वडाध्यक्ष...

मोरङबाट पेस्तोलसहित २ जना...

काठमाडौं,२७ माघ । मोरङबाट प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका-२,...

चुनावी सुरक्षाका लागि सतर्क...

काठमाडौँ,२७ माघ । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क...

उज्यालो नेपाल जेनजी आन्दोलनपछिको...

काठमाडौं,२७ माघ । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछि...
spot_img

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

spot_img

तराई मधेस क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ ।

पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ ।

यद्यपि क्षेत्रमा आज बिहान मौसम सफा भएको हुँदा छठका बर्तालुले झलमल्ल पारिला घाम झुल्केको देखेपछि अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् । यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरी रहेका थिए ।

पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका बर्तालुले राति सख्खरमा पकाइएको खीरमात्र खाएका थिए । बर्तालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३६ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् ।

‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ । यसपटक गत शुक्रबार कात्तिक शुक्ल त्रितीया र चौथी एकै दिन परेको थियो । बर्तालुले सोही दिन व्रत सङ्कल्प गर्दै ‘अरबाअरबाइन’ र ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका थिए । यसैगरी छठमा बर्तालुले पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन आइतबार निराहार व्रतकै बीच साँझपख अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए ।

आज बिहान अघ्र्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी बर्तालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने/खुवाउने क्रम सुरु भएको छ । तराईमा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्युमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी/चेली (छोरी, दिदीबहिनी, फूपू), मित/मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ । तराईमा दुई साताभन्दा बढी चल्ने यो क्रमलाई ‘छठके सनेस’ (छठको कोसेली) भनिन्छ । यसरी पठाइने कोसेली नयाँ पकाइए पनि छठमा सूर्यलाई देखाइएको मध्ये केही मिसाएर ‘सनेस’ बनाइन्छ ।

केही दशकअघि तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनेको छ । मुलुकको राजधानी काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता उल्लासमय छठ मनाइँदै आइएको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडपर्व साझा बन्दै गएका छन् । राष्ट्रिय एकताको भावना अझ मजबुद बन्न÷बनाउन यसले मद्दत गरेको मैथिल बुद्धिजीवी बताउँछन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय