Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

बजेटको आकार घटेको छैन...

काठमाडाैँ,२७ माघ । अर्थमन्त्री रामेश्वर खनालले बजेटको आकार नघटेको स्पष्ट पारेका छन् ।...

पर्सागढीमा जसपा उम्मेदवार अशोक...

वीरगन्ज,२७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका–६ र ७...

प्रधानमन्त्री कार्की र भारतीय...

काठमाडौं,२७ माघ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच...

नेप्से १०.२५ अंकले घट्यो

काठमाडाैं,२७ माघ । केही दिनयता शेयरबजार परिसूचक नेप्से निरन्तर ओरालो लागिरहेको छ ।...
spot_img

विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सको भिडन्त पक्का

spot_img

बीरगन्ज,२९ मंसिर – २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ।

गएराति भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई पराजित गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो। बुधबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना छैटौं पटक विश्वकप फुटबलको फाइनल पुगेको हो।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा गरेर दुई पटक विश्वकपको उपाधि उचालेको छ। सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगेर अर्जेन्टिना घर फर्किएको छ। दुई पटक उपाधि उचालेको अर्जेन्टिनाले पाँच पटक विश्वकपको फाइनल खेलेको छ।

छैटौं पटक फाइनल खेल्न पुगेको अर्जेन्टिना र उसका कप्तान लियोनल मेस्सी विश्वकप उपाधिको नजिक पुगेका हुन्। उपाधिका लागि अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्नुपर्नेछ।

यता मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उपाधि उचाल्ने दाउमा छ। सन् १९९८ र २०१८ विश्वकप उपाधि उचालेको फ्रान्स सन् २००६ मा भएको विश्वप फाइनलमा इटालीसँग पराजित भएको थियो। फ्रान्सले अर्जेन्टिनालाई पराजित गर्दै लगातार विश्वकप उपाधि उचालेको रेकर्ड बनाउने सपना बनाएको छ।

अर्जेन्टिना र फ्रान्सबीचको फाइनल आइतबार राति लुसिल स्टेडियममा हुनेछ। विश्वकपको तेस्रो स्थानका लागि भने शनिबार राति क्रोएसिया र मोरोक्कोबीच प्रतिस्पर्धा हुँदैछ।

spot_img

ताजा अपडेट

लोकप्रिय