Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

बजेटको आकार घटेको छैन...

काठमाडाैँ,२७ माघ । अर्थमन्त्री रामेश्वर खनालले बजेटको आकार नघटेको स्पष्ट पारेका छन् ।...

पर्सागढीमा जसपा उम्मेदवार अशोक...

वीरगन्ज,२७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका–६ र ७...

प्रधानमन्त्री कार्की र भारतीय...

काठमाडौं,२७ माघ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच...

नेप्से १०.२५ अंकले घट्यो

काठमाडाैं,२७ माघ । केही दिनयता शेयरबजार परिसूचक नेप्से निरन्तर ओरालो लागिरहेको छ ।...
spot_img

बीरगन्जका चामल व्यापारीहरुको गोदममा प्रहरीको छापा,३५ लाख मुल्य बराबरको भन्सारी छली खाद्यान्न बरामद

spot_img

बीरगन्ज,१ पुस – नेपाल प्रहरी र सशत्र प्रहरीको सयुक्त टोलीले बीरगन्ज महानगरपालिकाको वडा नं. १० स्थित चारवटा गोदाममा छापा मारी गरी झण्डै ३५ लाख बराबरका भन्सार छली गरी ल्याईको सामान बरामद गरेको छ ।

खाद्यान्न व्यापारीहरु विनोद गुप्ता, श्याम वर्णवाल, प्रधुम्न गुप्ता र सुजित गुप्ताको गोदाममा प्रहरीले बिहिवार बेलुका छापा मारेको हो । उनीहरुको चामल गोदामवाट २५ किलो दरका १ हजार १२२ बोरा चामल, १० क्वीन्टल मैदा, ग्लुकोज लगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएको भन्सारी छलीका खाद्यान्नहरु बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । सञ्चालकहरुले सामानको बिल विजकहरु देखाउँन नसकेपछि समानहरु नियन्त्रणमा लिइएको गिरीले बताए । नेपाल प्रहरी र सशत्र प्रहरीकै सेटिङ्गमा नेपाल भारत सिमा क्षेत्रमा तस्करी मैलाएको भएपनि व्यापरीहरुसँग लेनदेनको कुरा नमिलेपछि छापामा गरिएको रानीघाटका व्यापारीहरुको भनाई छ ।

तर नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह आएको केहि दिन नबित्दै प्रहरीले गोदाममा छापामारी गिएको भन्दै उनकै निर्देशनमा छापमामारी गरिएको कतिपयको बुझाई छ । यता सशत्र प्रहरी १३ नम्बर गण पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले राजश्व अनुसन्धानको टोलीसँग समेत समन्वय गरी छापामारी गरिएको दावी गर्दै विल बिजक देखाउन नसकेपछि स्वत नै समान तस्करीबाट आएको प्रष्ट भएको कारण समान बरामद गरिएको तथा बरामद गरिएको समानहरु थप अनुसन्धनाको लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय