Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026
Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026

नबिल बैंकको खुद नाफा...

काठमाडाैं,१५ माघ । नबिल बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिनामा खुद नाफा...

बसतपुरका युवाहरूले चौकमै बालेन...

बारा,१५ माघ । बाराका कलैया उपमहानगरपालिका–२० बसतपुरका युवाहरूले सार्वजनिक रूपमा बालेन शाहको फोटो...

प्रेस चौतारिको बैठक सम्पन्न,...

काठमाडाैं,१५ माघ । प्रेस चौतारि नेपाल पर्साको बैठक आज सम्पन्न भएको छ। बैठकले...

भारतमा निपाह भाइरस पुष्टि,...

काठमाडौँ,१५  माघ । छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस जनस्वास्थ्यको गम्भीर...
spot_img

आफ्ना मेडल लिलाम गर्दै महावीर पुन, लिलामीबाट प्राप्त हुने सम्पुर्ण रकम वीरगञ्ज कृषि औजार कारखानाको लागि प्रयोग गरिने

spot_img

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन पुनले आफ्ना मेडल बिक्री गर्न लागेको बताइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आलोक सुवेदीले आविष्कार केन्द्रका अध्यक्ष पुनको अनुरोधमा उनका पाँच मेडल लिलामका लागि राखिएको बताएका छन् ।

लिलामीबाट प्राप्त हुने सम्पुर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रलाई जानेछ र सो रकमलाई वीरगञ्ज कृषि औजार कारखानाको लागि प्रयोग गरिने उनले फेसबुक पोस्टमा लेखेका छन् ।

नेपाल सरकारले कृषि औजार कारखानाको मर्मतसम्भार र मेसिनरी औजार थप्न पहिलोपटक अनुदान दिने भनेर अहिले आएर ऋण दिने भनेको उनले लेखेका छन् ।

सोही पोस्टमा प्रतिक्रिया दिँदै पुनले अहिले आफ्ना मेडललाई जति पैसा आए पनि नबेची नहुने भनेर लेखेका छन् । “तीन वर्ष पहिला पनि बेच्न खोजेको हो । तर त्यतिबेला कोरोनाले गर्दा कोही ग्राहक आएनन् । मूल्य त्यति हुनुपर्छ भन्ने छैन,” पुनले लेखेका छन् ।

पुनले प्राप्त गरेको द रामोन म्यागासेसे पुरस्कारको सुरुआती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ । यस्तै, डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कारको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ ।

इन्टरनेट हल अफ फेम २०१४ को सुरुआती मूल्य सात हजार ५०० अमेरिकी डलर तोकिएको छ । यस्तै, राष्ट्रदीप पदकको मूल्य दुई हजार ५०० अमेरिकी डलर र युनिभर्सिटी अफ नेब्रास्का अनर ग्राज्युएड अवार्डको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ ।

बोली लगाउन आफूलाई म्यासेज गर्न र हेर्नका लागि केही दिनमा यी मेडल राष्ट्रिय आविष्कार केन्द्रमा राखिने फेसबुक पोस्टमा लेखिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय