वीरगन्ज,४ असार । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका स्थित एक सहकारीले ऋण र्फिता गरेपछि पनि शेयर सदस्यको जग्गा फिर्ता नगरेको खुलेको छ । उपमहानगरपालिका–५स्थित समिश्रण कृषि सहकारी संस्था बकुलियाले १४ लाख रुपैँया लिएको ऋण चुक्ता गर्दा पनि सहकारीले धितो राखेको जग्गा फुकुवा नगरीदिएको पिडित शेयर सदस्य मुक्ति धामी बताउँछन् ।
ऋण चुक्ता गरेको ७ महिना पुग्न लाग्दा पनि सहकारीले धितोमा राखेको जग्गा फुकुवा नगरिदिएको गुनसो धामीले पोखे । समिश्रणले आफ्नो किता नं. ३७६ को १३ कठ्ठा २ धुर जग्गा राष्ट्रिय सहकारी बैंक सिमरामा धितो राखेर ऋण लिएको बताउँदै ऋण चुक्ता गर्दा समेत जग्गा फुकुवा नगरिदिएको दुखेसो पोखे ।
सहकारील्े जग्गा फुकुवा नगरिदिँदा आफ्नोृृ जग्गा बिक्रिबितरण गर्न नपाएको धामीले गुनासो गरे । यता समिश्रण कृषि सहकारी संस्थाका प्रबन्धक तथा सचिव रमेश चौधरीले सञ्चालक सदस्यहरुको सहमतीमै आ–आफ्नो जग्गा राष्ट्रिय सहकारी बेंकमा धितो राखि संस्थाको नाममा ऋण लिएको बताएका छन् ।
उनले ऋण लिएका मुक्ति धामीकी श्रीमती मनोरमा चौधरी सहकारीको त्यो बेला कोषाध्यक्ष रहेको जानकारी दिए । सहकारीको नाममा २ करोड १० लाख रुपैया ऋण सहकारी बैँकबाट लिएको बताए । सहकारीले लिएको ऋणमध्ये करिब १५ लाख रुपैया बाँकी भएका कारण सहकारी बैँकले जग्गा फकुवा गर्न नमानेको प्रबन्धक चौधरी जानकारी दिए ।
सहकारीको नाममा रहेको ऋण तिर्ने बित्तिकै आफुहरुले उनको जग्गा फिर्ता गर्ने बताए । तर कहिले सम्ममा जग्गा फुकुवा गर्ने बिषयमा मिती तोक्न नसकिने बताए । । बारम्बार सहकारी पक्ष र पिडित पक्षलाई वडामै बैठक बोलाई समस्या समाधानको प्रयास गरेको तर अहिले सम्म समस्याको समाधान नभएको वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी बताउँछन्जार ।
जेठ १५ मै समिश्रण कृषि सहकारीका प्रतिनिधिहरुले धितो जग्गा फुकुवा गर्ने सहमती गरेका थिए । तर जेठ १५ मा फुकुवा गर्न नसक्दा असार १५ को समय लिएको वडा अध्यक्ष चौधरीले बताए ।
यता जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी तथा पर्यटन प्रबद्र्धन शाखा प्रमुख सुधन चौधरीले आफुलाई यस बिषयमा जानकारी नभएको बताए । पिडितले आफु कहाँ यस बिषयमा लिखित निबेदन दिएको खण्डमा आवश्यक कानुनी कार्बाही अगाडि बढाउँने जानकारी दिए ।

