Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026
Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026

पर्सा–२ का जसपा नेपालका...

वीरगञ्ज, १४ माघ — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी (जसपा)...

प्याब्सन जुनियर फुटबलः पाँचौँ...

बीरगन्ज,१४ माघ । प्याब्सनको आयोजनामा जारी प्याब्सन जुनियर फुटबल प्रतियोगिताको पाँचौँ दिन चारवटा...

पर्सा–१ मा एमालेको निर्णायक...

वीरगन्ज, १४ माघ ।  पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार प्रदीप...

चुनावी मौसममै ‘जनताको साथी’...

बीरगन्ज १४ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल...
spot_img

गढीमाई मेलामा ड्रोन र तालिम प्राप्त कुकुरबाट निगरानी

spot_img

काठमाडौँ, २७ मसिर । बाराको गढीमाई मन्दिरमा लागिरहेको मेलामा पाँच सय सशस्त्र प्रहरी परिचालन गरिएको छ । उक्त मेलामा सशस्त्र प्रहरी बलको १२ नम्बर गण बाराबाट प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहको कमान्डमा टोली परिचालन गरिएको जनाइएको छ ।

साथै मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमान्डमा गढीमाई मन्दिर परिसरमा कमान्ड पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

मेलामा २ वटा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ भने भीड व्यवस्थापन र निगरानी गर्न ड्रोनको समेत प्रयोग गरिएको छ । मेला परिसरमा रहेको पोखरीमा कुनै पनि घटना भएमा तत्कालै उद्धारका लागि २४ सै घण्टा तालिमप्राप्त टोली रबर बोटसहित तैनाथ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय