Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026
Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026

पर्सा–२ का जसपा नेपालका...

वीरगञ्ज, १४ माघ — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी (जसपा)...

प्याब्सन जुनियर फुटबलः पाँचौँ...

बीरगन्ज,१४ माघ । प्याब्सनको आयोजनामा जारी प्याब्सन जुनियर फुटबल प्रतियोगिताको पाँचौँ दिन चारवटा...

पर्सा–१ मा एमालेको निर्णायक...

वीरगन्ज, १४ माघ ।  पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार प्रदीप...

चुनावी मौसममै ‘जनताको साथी’...

बीरगन्ज १४ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल...
spot_img

माघ ५ गतेसम्म गढीमाई मेला सन्चालनमा

spot_img

बारा,०१ पुस । महागढीमाई नगरपालिका-१, बरियारपुरमा मङ्सिर १ गतेदेखि सुरु भएको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला माघ ५ गते औपचारिक रूपमा समापन हुने भएको छ ।

हालसम्म एक करोड भन्दा बढी दर्शनार्थीहरूले मेलामा सहभागी भएर गढीमाईको दर्शन गरेको गढीमाई मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

पशु बलिका लागि विश्वभर परिचित गढीमाई मेला नेपाल र भारत मात्र होइन, अन्य धेरै देशका भक्तजनहरूको पनि गन्तव्य बनेको छ । भक्तजनहरूले आफ्नो मनोकामना पूरा भएमा राँगा र बोकाको बलि चढाउने परम्पराअनुसार पूजा अर्चना गर्ने गरेका छन् ।

मेला स्थलमा अझै ठूलो भीड देखिएको छ । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार, माघ ५ सम्म थप १५ लाख दर्शनार्थी मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ । उनका अनुसार, मङ्सिर महिनाको अत्यधिक भीडका कारण कतिपय दर्शनार्थी अहिले माघको सुरुवातमा मेला हेर्न आउने गरेका छन् ।

सुरु भएदेखि नै २०८१ सालको गढीमाई मेला शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको र यसलाई माघ ५ सम्म सफलतापूर्वक सम्पन्न गरिनेमा प्रमुख यादवले विश्वस्त छन् ।

मेला स्थलमा दर्शनार्थीहरूको सुविधा र सुरक्षाका लागि व्यापक व्यवस्था गरिएको छ । बिजुली बत्ती, सिसिटिभी, शौचालय, नि:शुल्क वाईफाई, मन्दिर वरिपरिका पार्किङ र ट्राफिक व्यवस्थापनदेखि नि:शुल्क स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा, वारुणयन्त्र, घुम्ती एटिएम र भोजनसमेतको सुविधा उपलब्ध छ ।

विश्वकै अद्वितीय धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा गढीमाई मेला सबैलाई आकर्षित गरिरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय