Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026
Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026

पर्सा–२ का जसपा नेपालका...

वीरगञ्ज, १४ माघ — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी (जसपा)...

प्याब्सन जुनियर फुटबलः पाँचौँ...

बीरगन्ज,१४ माघ । प्याब्सनको आयोजनामा जारी प्याब्सन जुनियर फुटबल प्रतियोगिताको पाँचौँ दिन चारवटा...

पर्सा–१ मा एमालेको निर्णायक...

वीरगन्ज, १४ माघ ।  पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार प्रदीप...

चुनावी मौसममै ‘जनताको साथी’...

बीरगन्ज १४ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल...
spot_img

नेओपोभिट टाइल्सले नेपाली क्रिकेट टोलीलाई गर्याे भव्य सम्मान

spot_img

बिरगंज । बिरगंजमा जारी जय कपमा सहभागी नेपाली क्रिकेट टोलीलाई नेओपोभिट टाइल्सले एक भव्य कार्यक्रममार्फत सम्मान गरेको छ। उक्त कार्यक्रम हिजो राति बिरगंजकाे हाेटल भिष्वामा सम्पन्न भएको थियो। नेओपोभिट टाइल्सले नेपाली प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्स टोलीको प्रायोजकका रूपमा समेत भूमिका निर्वाह गरेको थियाे।

कार्यक्रममा सहभागी भएका सबै खेलाडीहरूलाई नेओपोभिट टाइल्सका निर्देशक श्री शम्भुनाथ झाले खादा र ढाकाटोपी लगाएर सम्मानपूर्वक स्वागत गरेका थिए।

नेओपोभिट टाइल्सका निर्देशक श्री शम्भुनाथ झाले आफ्नो सम्बोधनमा नेओपोभिट टाइल्स नेपालकै एक मात्र स्वदेशी उत्पादन भएको बताउँदै सबै खेलाडीहरूलाई एक पटक फ्याक्ट्री भ्रमण गर्न आग्रह गरे। उनले नेपाली खेलाडीहरूको क्रिकेटमा योगदानले नेपाललाई आज अलग पहिचान दिलाएको उल्लेख गर्दै भविष्यमा नेओपोभिट टाइल्सले सधैं नेपाली क्रिकेटलाई साथ दिने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव, मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, लेखा समितिका संयोजक के.सी. लामिछाने, केन्द्रीय सदस्य तथा बारा अध्यक्ष रमेश सुवेदी, पर्साका अध्यक्ष अाेम प्रकास खनाल साथाै नेपाल पाेष्ट मिडिया प्रा. लिका प्रवन्ध निर्देशक सन्ताेषा साहलाई पनि बधाई तथा सम्मान गरिएको थियो। उनीहरूको पत्रकारिता क्षेत्रको योगदान र नेतृत्वलाई उच्च प्रशंसा गर्दै भविष्यमा थप सफलताको शुभकामना व्यक्त गरे।

उक्त कार्यक्रमको व्यवस्थापनमा मसल क्लब कल्बका सनचालक अामान रायकाे समेत विशेष सहयोग रहेकाे थियो। खेलाडीहरूमध्ये हालै वैवाहिक जीवनमा बाँधिएका अशिफ र आरिफ भाइलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, खेलप्रेमी तथा व्यापारीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। यो कार्यक्रमले खेलकुद क्षेत्र र पत्रकारिता क्षेत्र दुवैको प्रोत्साहनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको पुष्टि गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय