Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

महाशिवरात्रिमा बिहान २ बजेदेखि...

काठमाडौँ,०१ फागुन । महाशिवरात्रि पर्वलाई लक्षित गर्दै पशुपति क्षेत्र विकास कोषले सबै तयारी...

पर्सा–३ मा एमाले उम्मेदवार...

बीरगन्ज,०१ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रतिनिधिसभा...

फागुन १३ देखि कालिन्चोक...

काठमाडाै,०१ फागुन । कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर...

बारामा आमाको नामबाट नागरिकता...

बारा,०१ फागुन । जिल्ला प्रशासन कार्यालय बाराले बाबुको पहिचान खुल्न नसकेका नागरिकलाई आमाको नामबाट...
spot_img

पर्सागढीमा वित्तीय साक्षरता तालिम सम्पन्न

spot_img

वीरगन्ज,१० चैत । पर्सागढि नगरपालिका वडा नं. ४ मा सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ। साना किसान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय हेटौंडा, मकवानपुरको आर्थिक सहयोगमा आयोजित तालिमले स्थानीय समुदायलाई वित्तीय ज्ञान प्रदान गरेको छ।

सहयात्री बचत तथा ऋण सहकारी संस्था लि.का संचालक समितिका अध्यक्ष गोमा कुमारी उप्रेतीको अध्यक्षतामा सम्पन्न तालिममा संस्थाका संचालक समिति, कर्मचारी र सदस्यहरूसहित ४० जनाको सक्रिय सहभागिता रहेको थियो। सन्तोष कुमार गुप्ता, किरण परियार र विरेन्द्र राज कँडेलले तालिमको सहजीकरण गरेका थिए।

संस्थाका लेखा प्रमुख संजय परियारका अनुसार तालिममा वित्तीय साक्षरताको महत्त्व, वित्तीय लक्ष्य निर्धारण, विप्रेषणको सही व्यवस्थापन, बचत तथा ऋणको परिचालन, बिमाको आवश्यकता, डिजिटल सेवाको प्रयोग, पारिवारिक बजेट निर्माण, आवश्यकता र चाहनाको पहिचान, समुदायको वर्तमान वित्तीय अवस्था र सहकारीको भूमिका जस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। यस तालिमले सहभागीहरूलाई आफ्नो आर्थिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय