spot_img

फागुन २१ को निर्वाचन लक्षित चन्द्रनिगाहपुरमा संयुक्त गस्ती परिचालन

spot_img
spot_img

रौतहट,०१ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सुरक्षा तयारीलाई तीव्र बनाएको छ। निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यसहित विभिन्न सुरक्षा रणनीति लागू गरिएको जनाएको छ।

प्रहरी नायब उपरीक्षक रुपा लाबुङका अनुसार शान्ति–सुरक्षा मजबुत बनाउन संयुक्त गस्ती टोली परिचालन गरिएको छ। मुख्य चोक, संवेदनशील क्षेत्र तथा सार्वजनिक स्थानहरूमा सीसीटिभी क्यामरा मार्फत निगरानी बढाइएको छ भने सामाजिक सद्भाव भड्काउने गतिविधिमाथि पनि कडा निगरानी गरिएको छ।

सामाजिक सञ्जाल तथा प्रत्यक्ष रूपमा अशान्ति फैलाउने प्रयास गर्ने व्यक्ति वा समूहलाई निगरानीमा राखिएको र शान्ति सुरक्षामा असर पार्ने कुनै पनि गतिविधि सहन नहुने प्रहरीले स्पष्ट पारेको छ।

निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका मतदान स्थलहरूको अनुगमन गरी आवश्यक भौतिक पूर्वाधार सुधार गरिएको छ। सीसीटिभी जडान, मतदान केन्द्रमा पर्खाल व्यवस्थापन र मतदाता बाहिरिने छुट्टै निकास मार्गको व्यवस्था गरिएको छ।

रौतहट–४ मा ६१ मतदान स्थल र १३४ मतदान केन्द्र रहेका छन्। यहाँ कुल १ लाख १० हजार ३१४ मतदाता रहेका छन्, जसमा ५८ हजार ८३६ पुरुष र ५१ हजार ४७८ महिला छन्। यस क्षेत्रमा ३० पुरुष र ७ महिला गरी ३७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय