तीनकुनेमा राजावादी प्रदर्शनपछि आगजनी

spot_img

काठमाडौं, १५ चैत्र । तीनकुनेमा राजावादीहरूको प्रदर्शन र सभा बिथोलिएको केही समयपछि एक घरमा आगजनी भएको छ। यसअघि, उक्त घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका थिए र त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

एक प्रत्यक्षदर्शीका अनुसार, प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका थिए, र त्यसपछि कागज झरेको जस्तो देखिएको थियो, जसपछि पड्किएको आवाज सुनिएको थियो। केही समयपछि, ह्वारह्वारती आगो बलिरहेको देखियो, र आगोबाट धुवाँको मुस्लो निस्केको थियो ।

दमकलकर्मीहरू धेरै समयपछि आगो निभाउन पुगे, तर त्यत्तिकैमा प्रदर्शनकारीहरूले दमकलमाथि ढुंगा प्रहार गर्न थालेका थिए। घटनाले क्षेत्रको स्थिति अझ तनावग्रस्त बनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय