काठमाडौं,०१ चैत । नेपाली कांग्रेसले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्न यसै हप्ताभित्र फेरि बैठक बस्ने निर्णय गरेको छ।
आइतबार सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा पठाउने निर्णय त गर्यो, तर निर्वाचनको समीक्षा अर्को बैठकमा मात्र गर्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
प्रवक्ता चालिसेका अनुसार, “समानुपातिक सिफारिस आज अन्तिम दिन हो। यसलाई आज सकिन्छ। एक–दुई दिनभित्र फेरि बैठक बसेर सबै विषयहरू छलफल हुनेछ। पार्टीले वृहत छलफलपछि मात्रै धारणा सार्वजनिक गर्नेछ।”
बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचन परिणामको विश्लेषण र आन्तरिक समीक्षा प्रक्रियाबारे पनि छलफल हुने भएको छ।




