काठमाडौं, १५ चैत्र । तीनकुनेमा राजावादी प्रदर्शन र सभा बिथोलिएपछि एक घरमा आगजनी भएको छ । प्रदर्शनका क्रममा कार्यकर्ताहरूले उक्त घरमा आगो लगाएका थिए ।
सशस्त्र प्रहरीको दमकल द्वारा आगो नियन्त्रणमा लिइएको छ। यसअघि, प्रदर्शनकारीहरूले उक्त घरमा तोडफोड गरेका थिए । त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
आगजनीपछि, आगो नियन्त्रणमा लिएर स्थिति सामान्य पारिएको छ, जबकि तीनकुनेको अवस्था भने अझै तनावपूर्ण रहेको छ ।

