म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, १ हजारभन्दा बढीको मृत्यु

spot_img

काठमाडौँ,१६ चैत । म्यानमारमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । रोयटर्सका अनुसार म्यानमारको सैन्य सरकारले २ हजार ३०० भन्दा बढी घाइते भएको जानकारी दिएको हो ।

भूकम्पमा परी मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने बताइएको छ। यो आशंका संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले व्यक्त गरेको छ। भूकम्पको धक्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो।

अर्कोतर्फ, थाइल्याण्डको राजधानी बैंककमा ३० तले भवन भत्किएको छ। यसमा १० जनाको मृत्यु भएको छ। शुक्रबार बिहान म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । यो २०० वर्षमा म्यानमार र थाइल्याण्डमा गएको सबैभन्दा ठूलो भूकम्प हो।

ठूलो विनाशका कारण म्यानमारका ६ राज्य र सम्पूर्ण थाइल्याण्डमा आपतकाल लगाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय