काठमाडौं, २० चैत्र । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई जनाका परिवारलाई प्रति परिवार १०/१० लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ।
गृहमन्त्रीस्तरीय बैठकले मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
उक्त घटनामा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजक को मृत्यु भएको थियो। प्रदर्शनका क्रममा भएको घटनालाई लिएर सरकारमाथि व्यापक दबाब परेको थियो, जसलाई ध्यानमा राख्दै सरकारले पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।

