spot_img

झापा–५ मा केपी ओलीलाई हराएका बालेन शाहको चुनावी खर्च १४ लाख

spot_img
spot_img

काठमाडौ,२५ फागुन । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। उनले सोमबार आयोगमा पेश गरेको विवरणअनुसार आफ्नो चुनावी अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

शाहका अनुसार सबैभन्दा बढी खर्च चुनावी प्रचार–प्रसार अन्तर्गत गरिएको घरदैलो अभियानमा भएको छ। उनले १५ दिनसम्म सञ्चालन गरेको वडास्तरीय घरदैलो कार्यक्रममा मात्र करिब ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेका छन्।

यस्तै, सबैभन्दा कम खर्च उम्मेदवारी दर्ता गर्दा भएको देखिएको छ। उम्मेदवारी दर्ताका लागि उनले करिब १० हजार रुपैयाँ मात्रै खर्च गरेको बताएका छन्। झापा–५ मा भएको प्रतिस्पर्धामा शाहले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई करिब ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय