वीरगन्जकाे छपकैया चौकमा हनुमान जयन्तीको र्‍यालीमा झडप

spot_img

वीरगन्ज,३० चैत । वीरगन्जकाे छपकैया चौकमा आज तनावग्रस्त बनेको छ । हनुमान जयन्तीको अवसरमा निकालिएको ¥याली इदगाह चौक छपकैयामा पुग्नेबित्तिकै झडपमा परिणत भएको हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार हनुमान जयन्तीको र्‍याली छप्पैया चोकस्थित इदगाह नजिक पुगेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो, जसले अन्ततः झडपको रूप लिएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको बताइएकाे छ ।

यद्यपि, झडपको कारण र क्षतिको विवरण लगायत घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ । हाल छप्पैया चोकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ र स्थिति सामान्य बनाउने प्रयास जारी रहेको बताइएको छ । झडपको क्रममा पार्किङ्गमा राखिएको केही दुई पांग्रे सवारी सधानमा तोड एवं आगजनी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । त्यसैगरी केही पसलहरुमा तोडफोड समेत भएको छ ।

अहिले स्थिती समान्य रहेको एवं अवस्था प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सुरक्षाको स्थितीलाई नियन्त्रणमा राख्न अहिले छपकैयाको मस्जिद क्षेत्रदेखि पोखरासम्म भारी मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय