वीरगन्ज,१८ फागुन । फागुन २१ का प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँगको नेपाली सीमा आज राति १२ बजेबाट ७२ घण्टाका लागि बन्द हुने भएको छ।
फागुन ९ गते वीरगन्जमा आयोजित नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनभन्दा ७२ घण्टा अगाडि सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो।
यसैअनुसार पर्सा र बाराका सबै नाकाहरू सोमबार राति १२ बजेबाट बन्द हुने व्यवस्था मिलाइएको छ। सीमा बन्द रहँदा आवागमन र मालबाहनमा असुविधा हुनसक्ने भन्दै स्थानीय तथा व्यापारीलाई आवश्यक तयारी गर्न सुरक्षा निकायले आग्रह गरेको छ।
वीरगन्ज,०९ फागुन । रोटरी क्लब वीरगन्ज र रोटरी क्लब मेट्रोपोलिसको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान नै जीवनदान हो” भन्ने नारालाई...
वीरगन्ज,०९ फागुन । वीरगन्ज महानगरपालिका–७ मा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका स्थानीय नेता र वडाध्यक्षका उम्मेदवार दीपक महतो दीपक महतो नेपाल कम्युनिस्ट...
वीरगन्ज,०७ फागुन । पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको ७६ औँ जन्मोत्सवका अवसरमा वीरगन्जस्थित घण्टाघर चोकमा उनको तस्बिरमा माल्यार्पण गर्दै शुभकामना व्यक्त गरिएको छ।
नेपाल...
वीरगन्ज,२६ माघ । सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीसँग एकदिने अन्तरक्रिया कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ। नेपाल सरकार र स्वीट सरकारबीचको द्विपक्षीय...
बीरगन्ज,२६ माघ । वीरगन्जकाे आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ। राजस्व छलीको आशंकामा गरिएको...
वीरगन्ज,माघ २४ । वीरगन्ज महानगरपालिका–८ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्ने क्रम बढेको छ। शनिबार आयोजित कार्यक्रममा जनता समाजवादी...
वीरगन्ज,२१ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली क्षेत्रमा रातिको समयमा दर्जनौँ वटा खानेपानीका धारामा तोडफोड गरिएको घटना सार्वजनिक भएको छ। घटनापछि स्थानीय...