आईपीएलमा आज दुई खेल, दिउँसो पञ्जाब र बेंगलुरु भिड्दै

spot_img

काठमाडौं,७ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज आइतबार दुई रोमाञ्चक खेलहरू हुँदैछन्।

पहिलो खेल दिउँसो मुल्लानपुर, चण्डीगढस्थित क्रिकेट रंगशालामा पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुनेछ। खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ।

यी दुई टोली तीन दिनअघि शुक्रबार मात्रै बेंगलुरुको मैदानमा आमनेसामने भएका थिए, जहाँ पञ्जाबले रोचक खेलमा ५ विकेटको जित हात पारेको थियो।

अहिले अंक तालिकामा पञ्जाब ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ भने बेंगलुरुले समान खेलमा ८ अंक जोड्दै पाँचौं स्थान ओगटेको छ। आजको खेल पञ्जाबका लागि शीर्ष स्थानमा उक्लने अवसर हो, भने बेंगलुरुले पनि जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउन चाहनेछ।

रातिको दोस्रो खेलबारे विस्तृत जानकारी केहीबेरमा सार्वजनिक हुनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय