Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

अशोक टेमानीको घरदैलो अभियानः...

वीरगंज (पर्सा), २३ माघ  - पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत जनता समाजवादी...

धोबिनीमा कांग्रेस उम्मेदवार रमेश...

वीरगंज,२३ माघ -  पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य...

एमाले उपमहासचिव योगेश :...

वीरगञ्ज, २३ माघ – पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं....

पर्सा–३ लाई भाषण होइन,...

वीरगञ्ज,२३ माघ - पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेरवा सुगौली गाउँपालिका वडा नम्बर–४ पथरइयाँमा...
spot_img

भारतका पूर्व डीजीपी ओम प्रकाशको शंकास्पद हत्या, श्रीमतीमाथि अनुसन्धान

spot_img

काठमाडौं, ८ वैशाख । भारतको कर्नाटक राज्यका पूर्व प्रहरी महानिरीक्षक (डीजीपी) ओम प्रकाशको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। बेंगलुरुस्थित आफ्नै घरमा ६८ वर्षीय ओम प्रकाशको शव भेटिएपछि प्रहरीले घटनालाई शंकास्पद हत्या मानेर अनुसन्धान थालेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार, घटनाको दिन ओम प्रकाश र उनकी श्रीमतीबीच विवाद भएको थियो। भनाभनकै क्रममा श्रीमतीले आँखामा खुर्सानीको धुलो हालेर, चक्कु प्रहार गरी हत्या गरेको आशंका गरिएको छ। साथै, सिसाको बोतलले समेत आक्रमण गरिएको प्रहरीले जनाएको छ।

शवमा चोटका अनेकौं दाग फेला परेको र प्रारम्भिक अनुसन्धानले हत्या स्पष्ट संकेत गरिरहेको प्रहरी स्रोतले जनाएको छ। ओम प्रकाशकी श्रीमती र छोरीलाई करीब १२ घण्टा सोधपुछ गरिएको छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

को हुन् ओम प्रकाश?
बिहारको चम्पारणमा जन्मिएका ओम प्रकाशले भूविज्ञानमा एमएससी गरेका थिए। उनी पछि भारतीय प्रहरी सेवा (IPS) मा प्रवेश गरेका थिए। १ मार्च २०१५ मा कर्नाटक प्रहरी प्रमुख (डीजीपी) मा नियुक्त भएका उनी विभिन्न जिल्लामा प्रहरी प्रमुख तथा राज्य सतर्कता आयोग, लोकायुक्तमा समेत कार्यरत थिए।

निकट सहयोगीबाटै ज्यानको खतरा?
पीटीआईको रिपोर्ट अनुसार, ओम प्रकाशले केही समयअघि निकट सहयोगीहरूमध्ये कसैबाट ज्यानको खतरा रहेको कुरा व्यक्त गरेका थिए। साथै, परिवारमा सम्पत्तिसम्बन्धी विवाद रहेको पृष्ठभूमि पनि बाहिरिएको छ। यसैका आधारमा प्रहरीले परिवारकै संलग्नतामा अनुसन्धान तीव्र बनाएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय