Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

सर्लाही–४ का उम्मेदवार प्रदीप...

सर्लाही,१४ फागुन । सर्लाही जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय...

सर्लाही–४ का उम्मेदवार अमरेशकुमार...

सर्लाही,१४ फागुन । सर्लाही–४ बाट लगातार तीन पटक संसदीय निर्वाचन जितेका अमरेशकुमार सिंहले पुनः...

काे हुन सर्लाही–४ का...

सर्लाही,१४ फागुन । अहिले ३२ वर्ष मात्रै पुगेका चिकित्सक डा. रजनीश राय यादव सर्लाही–४...

सर्लाही–४ का उम्मेदवार अमनिशकुमार...

सर्लाही,१४ फागुन । नेकपा एमालेले सुरुवातमा सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ का लागि रविसिंह...

लोकतन्त्र अब शासन प्रणाली मात्र होइन, जीवनपद्धति बनिसक्यो : पूर्वराष्ट्रपति भण्डारी

spot_img

विराटनगर,२३ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र शासनपद्धति मात्र नभइ जीवन पद्धति बनिसकेको बताएकी छन् । विराटनगरमा शुक्रबारबाट सुरु स्थानीय तह उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘हामीले प्राप्त गरेको लोकतन्त्र केवल साशन प्रणाली मात्र नभइ अब एउटा जीवन पद्धतिको रुपमा विकसित भएको छ, उनले भनिन्,‘ गणतन्त्रको जगमा हामीले विकास निर्माणलाई तिब्रता दिएर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध पार्न सक्छौं ।’

मुलुकमा सुशासन र पारदर्शीता आम चासो भएको बताउँदै उनले यसमा ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्,‘ पटकपटक जनअनुमोदित भइसकेको गणतान्त्रिक प्रणालीले अवलम्बन गरेका विकास र जनसेवाका आधार भनेको स्थानीय तहहरु हुन् ।’

महिलाले नेतृत्वले स्थानीय तहमा खेलेको भूमिकाले लोकतन्त्रलाई अझ सुदृढ बनाइरहेको उनले बताइन् । पछिल्लाे निर्वाचनले गठबन्धनको कारण महिला नेतृत्वमा कमी देखिएको उनकाे भनाइ छ । राजनीतिक दलहरुले लोकतान्त्रिक मूल्य र समावेशिताको संरक्षण गर्न महिला नेतृत्वमा ध्यान दिन आवश्यक रहेको उनले बताइन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय