Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

महाशिवरात्रिमा बिहान २ बजेदेखि...

काठमाडौँ,०१ फागुन । महाशिवरात्रि पर्वलाई लक्षित गर्दै पशुपति क्षेत्र विकास कोषले सबै तयारी...

पर्सा–३ मा एमाले उम्मेदवार...

बीरगन्ज,०१ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रतिनिधिसभा...

फागुन १३ देखि कालिन्चोक...

काठमाडाै,०१ फागुन । कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर...

बारामा आमाको नामबाट नागरिकता...

बारा,०१ फागुन । जिल्ला प्रशासन कार्यालय बाराले बाबुको पहिचान खुल्न नसकेका नागरिकलाई आमाको नामबाट...
spot_img

ओली, देउवा र दाहाललाई संन्यास लिन कांग्रेस महामन्त्री शर्माको आग्रह

spot_img

झापा,०२ असार । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले तीन शीर्ष नेतालाई संन्यास लिन आग्रह गरेका छन् । देशले राम्रो अभिभावक खोजिरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई २०८३ मा सन्यास लिन पनि आग्रह गरे ।

‘यो देशलाई सिंगो राष्ट्रको राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको जरुरी छ । २०८३ साल यसका लागि सुखद साल हुन सक्छ,’ झापा मेचीनगरस्थित धुलाबारी खानेपानी उपभोक्ता समितिको खानेपानी ट्यांकी शिलान्यास गर्न गृहनगर आइपुगेका शर्माले भने, ‘०८३ मा तीन संन्यास- तीन अभिभावक हुन सक्ने गरी त्यो अवधारणा बन्न सक्यो र त्रय नेताले पनि स्थापित भएर गरिदिनुभयो भने नागरिकमा पनि आशा र उत्साह बढ्छ,’ उनले भने ।

कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले पार्टीको आगामी महाधिवेशनमार्फत सभापति परिवर्तन हुने बताएका छन् । नेपाली कांग्रेसको विधानमै यससम्बन्धी स्पष्ट व्यवस्था रहेको बताउँदै उनले आगामी सभापति को बन्ने ? भन्ने विषयमा समेत छलफल र बहस चलिरहेको बताए । ‘अब हामी अर्को सभापति बनाउँदै गर्दा को बन्ने भन्ने पनि हाम्रो छलफल बहसका विषय छन् । हामी परिवर्तनमा जान्छौं,’ उनले भने ।

मेचीनगर–९ स्थित पशुपति गाउँमा बन्न लागेको ४ लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्यांकी उनले शिलान्यास गरेका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय