Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026
Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026

पर्सा–२ का जसपा नेपालका...

वीरगञ्ज, १४ माघ — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी (जसपा)...

प्याब्सन जुनियर फुटबलः पाँचौँ...

बीरगन्ज,१४ माघ । प्याब्सनको आयोजनामा जारी प्याब्सन जुनियर फुटबल प्रतियोगिताको पाँचौँ दिन चारवटा...

पर्सा–१ मा एमालेको निर्णायक...

वीरगन्ज, १४ माघ ।  पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार प्रदीप...

चुनावी मौसममै ‘जनताको साथी’...

बीरगन्ज १४ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल...
spot_img

पर्सामा हैजाको प्रकोप संगसंगै देखियो जापनिज इन्सेफलाइटिस, एक बालकको अवस्था गम्भीर

spot_img

वीरगञ्ज । पर्सामा हैजाको प्रकोप नियन्त्रण नहुँदै अब जापनिज इन्सेफलाइटिस (JE) को सङ्क्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–८ का आठ वर्षीय बालक र ठोरी गाउँपालिका–३ की ८४ वर्षीया वृद्ध महिलामा जापनिज इन्सेफलाइटिस पुष्टि भएको जानकारी दिएको छ।

जिल्ला जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार वृद्ध महिलाको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार भइसकेको र अहिले उनी स्वास्थ्य सुधारसहित घर फर्किसकेकी छन्। तर बालकको अवस्था भने अझै गम्भीर छ। रोग पुष्टि भएपछि करिब एक महिना काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार गरिएको थियो। सुधार नभएपछि परिवारले उनलाई घर ल्याएको र अहिले पनि उनको स्वास्थ्य चिन्ताजनक रहेको ठाकुरले बताए।

देशभर बढ्दो प्रकोप

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार यस वर्ष जुलाईदेखि अगस्टसम्म मात्रै २० जनाले यो रोगका कारण ज्यान गुमाएका छन्। मधेश प्रदेशमै ४ जनाको मृत्यु भइसकेको छ।
उनका अनुसार कोशी प्रदेशका झापा, मोरङ र तेह्रथुममा एक–एक जना, मधेश प्रदेशको रौतहट र बारामा दुई–दुई जना, चितवन र नवलपरासीमा तीन–तीन, पश्चिम नवलपरासीमा दुई, अर्घाखाँचीमा एक, प्युठान–दाङ–बर्दियामा तीन र कैलालीमा एकजनाको मृत्यु भएको सरकारी तथ्यांक छ।

कसरी सर्छ जापनिज इन्सेफलाइटिस ?

जापनिज इन्सेफलाइटिस क्युलेक्स प्रजातिको पोथी लामखुट्टे मार्फत सर्ने भाइरल रोग हो। यी लामखुट्टेले सुँगुर, हाँस, बङ्गुर, घोडा जस्ता पशु–पक्षीलाई टोकेर सङ्क्रमित हुन्छन् र पछि मानिसलाई टोक्दा रोग फैलिन्छ।
रोगले मस्तिष्कमा गम्भीर असर पुर्‍याउँदै उच्च ज्वरो, टाउको दुख्ने, वाकवाकी, चक्कर, मानसिक भ्रम ल्याउँछ। गम्भीर अवस्थामा पक्षाघात वा मृत्युसम्म हुन सक्छ। तथ्यांकअनुसार, संक्रमितमध्ये करिब ३० प्रतिशत बिरामीले ज्यान गुमाउने गरेका छन्।

वीरगञ्जका लागि खतरा

तराई क्षेत्रलाई यो रोगको उच्च जोखिम क्षेत्र मानिन्छ। हाल पर्सामा दुई बिरामी पुष्टि भएपछि वीरगञ्जमा विशेष सतर्कता आवश्यक भएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए। “लक्षण देखिएलगत्तै स्वास्थ्य संस्थामा पुगेर उपचार गर्नुपर्छ। समयमै उपचार भए अपाङ्गता वा मृत्युबाट जोगाउन सकिन्छ,” उनले भने।

बच्ने उपायहरू

डा. गौतमका अनुसार यो रोग डेंगीभन्दा पनि जोखिमपूर्ण छ। रोग नियन्त्रणका लागि लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक सतर्कता अपनाउनुपर्छ।

  • बिहान र बेलुकी लामखुट्टेको टोकाइ बढी हुने भएकाले मच्छरदानि वा रिपेलेन्ट प्रयोग गर्नुपर्ने

  • घर वरिपरि सरसफाइ गर्ने

  • खाल्डाखुल्डी पुरेर पानी जम्न नदिने

  • पशुपक्षीको गोठ र वरिपरिको वातावरण सफा राख्ने

  • संक्रमित वा लक्षण देखिएका बिरामी तुरुन्त अस्पताल लैजाने

लक्षण

  • बेस्सरी टाउको दुख्ने
  • धेरै ज्वरो आउने
  • बान्ता हुने
  • बेहोस हुने
  • घाँटी अररो (कडा) हुने
  • कम्पन हुने
  • पक्षघात हुने

हैजा संक्रमणकै बीचमा वीरगञ्जमा जापनिज इन्सेफलाइटिस देखा पर्नु स्थानीय स्वास्थ्य प्रणालीका लागि थप चुनौती बनेको छ। स्वास्थ्यकर्मीहरूले सामुदायिक सतर्कता र व्यक्तिगत सावधानीलाई नै रोग नियन्त्रणको मुख्य उपाय भन्दै आएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय