ओलीको कूटनीतिक कदममा प्रश्न उठाउँदै प्रभु साह

spot_img

काठमाडौँ,१४ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको कूटनीतिक कौशलतामा सवाल उठाउँदै जापानविरुद्ध हुने सैनिक परेडमा सहभागी हुने निर्णय नेपालको परराष्ट्र नीतिको खिलाफ रहेको बताएका छन्।

शनिबार कोटेश्वरमा आजपा बागमती प्रदेश कमिटीको विस्तारित बैठकमा सम्बोधन गर्दै साहले ओलीले चीन भ्रमण अघि राष्ट्रिय सहमति र संसद्मा म्यान्डेट लिन नचाहेको र कांग्रेससँग कुनै परामर्श नगरेको आरोप लगाए।

साहका अनुसार, “जापान नेपालको महत्वपूर्ण विकास साझेदार मुलुक हो र निस्शर्त सहयोग गर्दै आएको छ। तर, जापानविरुद्ध हुने सैनिक परेडमा सहभागी हुनु असंलग्न परराष्ट्र नीतिको उल्लंघन हो।”

उनी प्रधानमन्त्री ओलीले संसद्मा भारत र चीनबीचको पछिल्लो सहमतिबारे नबोलेको र सीमा विवाद समाधानमा कुनै प्रतिबद्धता व्यक्त नगरेको पनि औँल्याए। साहले ओलीलाई झुटको सरदार भनेका छन् र माधव नेपाल र विद्या भण्डारीको फाउन्डेसन सम्बन्धी विवादलाई लिएर पनि आलोचना गरेका छन्।

साहले मधेसका सुख्खाग्रस्त क्षेत्रका लागि राहत प्याकेज नदिएको, भारतीय भ्रमण अघि नेपाली भूमि फिर्ता ल्याउने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने जस्ता विषयमा पनि प्रधानमन्त्री ओलीलाई जनतालाई ढाँट्ने काम गरेको आरोप लगाए।

उनले भने, “नेपाली भूमि फिर्ता नल्याउने हो भने भारत किन जानुपर्ने?”  भन्दै ओलीको विदेश नीति र कूटनीतिक निर्णयमाथि सवाल उठाए।

spot_img

ताजा अपडेट

लोकप्रिय