बानेश्वर क्षेत्रमा कर्फ्यू, राति १० बजेसम्म आवतजावत बन्द

spot_img

काठमाडौं,२३ भदौ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार माइतीघर, नयाँबानेश्वर, तीनकुने र शंखमुल क्षेत्रमा आज राति १० बजेसम्म कर्फ्यू लागु हुनेछ।

आन्दोलन नियन्त्रण गर्न सुरक्षाकर्मीले बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। त्यसपछि प्रशासनले शान्ति–सुरक्षाको कारण देखाउँदै आवतजावत तथा भीडभाडमा प्रतिबन्ध लगाएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय