spot_img

स्वास्थ्य बीमाबाट ओपीडी सेवामा २५ हजार रुपैयाँसम्म मात्रै सुविधा लिन सकिने

spot_img
spot_img

काठमाडौं,१९ माघ । अब स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा ओपीडी (बहिरंग) सेवामा बढीमा २५ हजार रुपैयाँको सुविधा मात्र लिन सक्ने भएका छन्।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, बाँकी उपचार खर्चहरू अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचारमा प्रयोग गर्न सकिनेछ। “ओपीडीमा खर्च धेरै भएपछि वित्तीय सन्तुलन मिलाउन सेवा वर्गीकरण गरिएको हो,” उनले बताए।

यो नयाँ नियम फागुन १ गतेदेखि लागू हुने तयारी भइरहेको छ। बोर्डका अनुसार, हाल स्वास्थ्य बीमामा आबद्ध हुन ३,५०० रुपैयाँ वार्षिक प्रिमियम तिर्नुपर्छ र परिवारका पाँच सदस्यले वार्षिक १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँछन्।

नयाँ नियम अनुसार, ओपीडी सेवामा २५ हजार रुपैयाँभन्दा बढी खर्च भएमा बिरामीले आफैं शुल्क तिरेर थप उपचार लिनुपर्ने व्यवस्था गरिएको छ। बोर्डले अध्ययन गरेको तथ्यांकअनुसार, बीमाको ७१ प्रतिशत खर्च ओपीडी सेवामा जाने गरेको छ भने बाँकी रकम भर्ना तथा आकस्मिक उपचारमा खर्च भइरहेको छ।

विशेषज्ञहरूले भने, प्रिमियम बढ्दा विपन्न परिवारमा आर्थिक भार बढ्ने र बीमित संख्या घट्ने सम्भावना रहेको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय