सरकारलाई दिएको समर्थन फिर्ता लिन जनमतका सचिवद्वारा सिके राउतलाई प्रस्ताव

spot_img

काठमाडौँ, २४ भदौ । जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन तत्काल फिर्ता लिनुपर्ने प्रस्ताव पार्टीसमक्ष पेश गरेका छन्।

सचिव साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो समर्थनमा टेकेर सरकारले लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको छ। यस्तो क्रूर र अलोकतान्त्रिक सरकारसँग अब कुनै सम्बन्ध रहनु हुँदैन।”

उनीहरूले हालैको ‘जेन–जी आन्दोलन’मा १९ जना युवाको हत्या भएको घटनालाई सरकारको तानाशाही प्रवृत्तिको उदाहरणको रूपमा औँल्याए। साहले प्रधानमन्त्री ओलीले विगतमा मधेश आन्दोलनका मृतकलाई ‘आतङ्ककारी’को संज्ञा दिएका रहेकाले अहिलेको दमन दोहोरिएको आरोप पनि लगाए।

सचिव साहले प्रस्तावमा आन्दोलनको मागलाई पूर्ण समर्थन गर्ने र सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। प्रस्तावअनुसार आन्दोलनकारीहरूको नेतृत्वमा अन्तरिम सरकार गठन, भ्रष्टाचारविरुद्ध शक्तिशाली आयोग स्थापना, र संवैधानिक निकायमा प्रत्यक्ष निर्वाचित पदाधिकारीको व्यवस्था गरिनुपर्ने उल्लेख छ।

spot_img

ताजा अपडेट

लोकप्रिय