बिहारमा नयाँ सरकार गठनको प्रक्रिया आजदेखि शुरू, नीतीश कुमार दलको नेता चयन हुने

spot_img

काठमाडाैं,०३ मंसिर । भारतको बिहारमा नयाँ सरकार गठन प्रक्रिया आजदेखि सुरु हुँदैछ। जेडीयू विधायक दलको बैठक दिउँसो बस्ने र त्यसमा नीतीश कुमारलाई दलको नेता चयन गरिने बीबीसीले जनाएको छ।

बेलुकी राज्यपालसमक्ष सरकार गठनको दाबी पेश गर्ने तयारी छ। नयाँ सरकारको शपथ ग्रहण समारोह भोलि बिहान साढे ११ बजे पटनाको गान्धी मैदानमा हुने छ। समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न राज्यका एनडीए मुख्यमन्त्रीहरूको उपस्थिति रहनेछ।

भोलि नीतीश कुमारसँगै अन्य मन्त्रीहरूले पनि शपथ लिनेछन्। यसअघि बिहार विधानसभा चुनाव नोभेम्बर ६ र ११ तारिखमा दुई चरणमा सम्पन्न भएको थियो। कुल २४३ सिटको लागि मतदान भएकोमा सत्तारूढ एनडीएले दुई तिहाइ मत पाएको छ।

एनडीए गठबन्धनले २०२ सिट जितेको छ। भारतीय जनता पार्टी (भाजपा) पहिलो दल बनेको छ र सबैभन्दा धेरै ८९ सिट जितेको छ। जनता दल युनाइटेडले ८५ सिट पाएको छ। कांग्रेस नेतृत्वको महागठबन्धन र राष्ट्रिय जनता दल (आरजेडी) ३५ सिटमा सीमित छन् भने अन्यले ६ सिट जितेका छन्।

बिहारमा यसपटक मतदाता सहभागिता ६७.३ प्रतिशत पुगेको थियो, जुन सन् १९५१ पछि सबैभन्दा उच्च दर हो।

spot_img

ताजा अपडेट

लोकप्रिय