दलितमाथि बढ्दो हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन

spot_img

काठमाडौँ,२७ फागुन । दलित समुदायमाथि हिंसा, बलात्कार र हत्या जस्ता घटनाहरू बढ्दै गएको भन्दै दलित अधिकारकर्मी तथा युवाहरूले बुधबार काठमाडौँमा खबरदारीसहित प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरू माइतीघर मण्डला मा भेला भई देशभर दलित समुदायमाथि भइरहेको हिंसात्मक घटनाको विरोध गर्दै पीडितलाई न्याय दिन सरकारसँग माग गरेका हुन्। उनीहरूले मृतकहरूको आत्माको शान्तिका लागि दीप प्रज्वलन पनि गरेका थिए।

प्रदर्शनका क्रममा सहभागीहरूले “महिला हिंसा अन्त्य गर”, “बलात्कारीलाई कडा कारबाही गर”, “सरकार बदलियो, समाज बदलिएन” र “महिला शोषणविरुद्ध एक हौँ” जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले पछिल्लो समय दलित समुदायका व्यक्तिहरू संसदमा पुगेकाले अब दलितका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

त्यसैगरी, यसअघि सडक आन्दोलनमा सँगै सहभागी भएका नेताहरू अहिले संसद् र सरकारमा पुगेकाले दलित अधिकारका विषयमा गम्भीर भएर काम गर्नुपर्ने उनीहरूको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय