उपेन्द्र यादवले कांग्रेस–कम्युनिस्टलाई मुलुक ध्वस्त बनाएको आरोप लगाए

spot_img

काठमाडौं, १५ मंसिर। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट पार्टीले मिलेर मुलुकलाई ध्वस्त बनाएको आरोप लगाएका छन्।

सोमबार ललितपुरमा समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै यादवले विगत ३५ वर्षमा कांग्रेस–कम्युनिस्टले शासन सञ्चालन गरे पनि शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता क्षेत्रमा राज्यले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए।

उहाँले मुलुकमा भ्रष्टाचार, अराजकता र कमिशनतन्त्र मौलाउँदै गएको भन्दै, त्यसका विरुद्ध युवाहरू विद्रोहमा उत्रिएको बताए।

उपेन्द्र यादवले भने, “नेपालमा बुहदल व्यवस्था आएपछि करिब ३५ वर्षसम्म कांग्रेस–कम्युनिस्टले शासन गरे। शिक्षा, स्वास्थ्य र रोजगारीमा गुणस्तरीय सेवा दिन नसक्दा मुलुक ध्वस्त भएको छ। भ्रष्टाचार, अराजकता र कमिशनतन्त्रले युवा विद्रोह गर्न बाध्य भए। अब ती पुराना राजनीतिक शक्तिहरूले मुलुकलाई निकास दिन सक्ने अवस्था छैन।”

उनले फेरि पनि पुरानै राजनीतिक शक्तिहरूबाट मुलुकले निकास पाउन नसक्ने स्पष्ट तर्क प्रस्तुत गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय