काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न सुझाव दिएका छन्।
कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले बैठकभित्र मौन रहने तर बाहिर आएपछि धेरै बोल्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। उनले बैठकमै प्रश्न उठाउनुपर्नेमा बाहिर आएर प्रतिक्रिया दिनु उपयुक्त नहुने बताए।
थापाले भने, “बैठकमा चुप लागेर बस्ने अनि बाहिर आएर धेरै बोल्न हुँदैन। यदि कुनै कुरा राख्नै हो भने माथि नै प्रश्न गर्नुपर्थ्यो। मैले आज उहाँलाई पाँचौँ पटक सम्झाएको छु।”
पार्टी महाधिवेशनसँग सम्बन्धित विवाद चर्किँदै गएको सन्दर्भमा महामन्त्री थापा र प्रवक्ता महतबीच पछिल्लो समय सार्वजनिक रूपमा सवाल–जवाफ चल्दै आएको छ, जसले कांग्रेसभित्रको आन्तरिक मतभेद थप उजागर गरेको छ।

