Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026
Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026

पर्सा–२ का जसपा नेपालका...

वीरगञ्ज, १४ माघ — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी (जसपा)...

प्याब्सन जुनियर फुटबलः पाँचौँ...

बीरगन्ज,१४ माघ । प्याब्सनको आयोजनामा जारी प्याब्सन जुनियर फुटबल प्रतियोगिताको पाँचौँ दिन चारवटा...

पर्सा–१ मा एमालेको निर्णायक...

वीरगन्ज, १४ माघ ।  पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार प्रदीप...

चुनावी मौसममै ‘जनताको साथी’...

बीरगन्ज १४ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल...
spot_img

भारतमा ग्यास सिलिन्डर विस्फोट : ९ नेपालीको मृत्यु

spot_img

वीरगञ्ज २९ पुष । भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपाली नागरिकको ज्यान गएको छ। मृतक सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले जनाएको छ।

सोमबार बिहान करिब २ बजेतिर उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा घटना भएको हो। विस्फोटपछि भीषण आगलागी समेत भएको बताइएको छ, जसका कारण वरपरका केही घरसमेत जलेर ध्वस्त भएका छन्। घटनामा परेकाहरूको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

सिद्धकुमाख गाउँपालिका–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार दुर्घटनामा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विकको ज्यान गएको छ। त्यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि मृत्यु भएको छ।

उनीहरू करिब दुई वर्षअघि रोजगारीका लागि भारत गएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए। स्थानीय स्रोतका अनुसार उनीहरू बसोबास गरिरहेको कोठाभित्रै ग्यास सिलिन्डर राखिएको थियो, जहाँबाट विस्फोट भएको अनुमान गरिएको छ।

हालसम्म ५ जनाको शव फेला परेको छ भने बाँकी शवको खोजी कार्य जारी रहेको जनाइएको छ। विस्फोटको तीव्रताका कारण शवहरू तितरवितर भएकाले सबैको औपचारिक पहिचान प्रक्रिया अझै पूरा भइनसकेको बताइएको छ। घटनास्थलमा स्थानीय प्रशासन तथा सुरक्षाकर्मीले उद्धार र खोजी कार्य तीव्र पारेका छन् भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

एकै गाउँका ९ जनाको एकैपटक निधन भएपछि सिद्धकुमाख गाउँपालिका–२ शोकमा डुबेको छ। गाउँभरि शोकको माहोल छ भने आफन्त र छिमेकीहरू स्तब्ध बनेका छन्।

वडा अध्यक्ष मेकराज बुढाथोकीका अनुसार घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मंगलबार वडा स्तरमा शोक सभा आयोजना गरिनेछ। साथै वडा कार्यालयसहित सम्बन्धित सरकारी कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए। रोजगारी गरेर परिवारको भविष्य सुरक्षित गर्ने सपना बोकेर विदेश गएका गाउँका नागरिकको यसरी अकालमै ज्यान जानु अत्यन्त दुःखद र पीडादायी घटना भएको वडा अध्यक्ष बुढाथोकीले बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय