वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि बढाएका छन्।
भृकुटीमण्डपमा अहिले उम्मेदवारी दर्ताको काम सुरु भएको छ। संस्थापन पक्षीय नेताहरूबीच निरन्तर छलफल भइरहेका बेला पनि निर्वाचन कार्यक्रम अघि बढाइएको हो।
पटकपटक विभिन्न तहका नेताहरूबीच भएका वार्ता–संवाद असफल भएपछि सँगसँगै निर्वाचनको प्रक्रिया अघि बढाइएको बताइएको छ।
यस महाधिवेशनमा विभिन्न १३ पदाधिकारी पदका लागि उम्मेदवारी दिन सकिने जनाइएको छ।



