बीरगन्ज,१७ माघ । नेपाल ट्रेड युनियन कांग्रेस बाराको दोस्रो जिल्ला परिषद कलैयामा सम्पन्न भएको छ। “श्रम शक्ति नै राष्ट्र शक्ति हो” भन्ने मूल नाराका साथ सम्पन्न परिषदमा जिल्ला अध्यक्ष विश्वमणी शर्माको अध्यक्षतामा कार्यतालिका अघि बढाइएको थियो।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य माधव उपाध्यायले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन मजदुर वर्गको सक्रिय सहभागिताको अपील गरे।
परिषदले चारै निर्वाचन क्षेत्रमा प्रचारप्रसार समिति गठन गरेको छ। मुख्य संयोजकमा विश्वमणी शर्मा चयन भएका छन् भने क्षेत्र नम्बर–१ देखि–४ का संयोजकमा क्रमशः दिनेश साह, वैधनाथ प्रसाद, बसन्त घिमिरे र ध्रुव राय चयन भएका छन्।



