Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

डेट्रोइट–विन्डसर पुल उद्घाटन रोक्ने...

काठमाडाैं,२७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेट्रोइट र क्यानडाको विन्डसरलाई जोड्ने नयाँ...

मधेसमा ९६ हजार बढी...

वीरगन्ज,२७ माघ । मधेस प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानअन्तर्गत यसवर्ष ९६...

गजेन्द्रनारायण सिंहको शालिकमा गाडीबाटै...

जनकपुर,२७ माघ । मधेशका सम्मानित नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा गाडीबाटै माला फ्याँकेर...

उखु भित्र्याउने चहलपहल बढ्यो,...

बीरगन्ज,२७ माघ । बारामा उखु भित्र्याउने सिजन सुरु भएसँगै किसानहरू खेतबारीमा व्यस्त देखिएका...
spot_img

बजेटको आकार घटेको छैन : अर्थमन्त्री खनाल

spot_img

काठमाडाैँ,२७ माघ । अर्थमन्त्री रामेश्वर खनालले बजेटको आकार नघटेको स्पष्ट पारेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै खनालले कुल बजेटको आकार १९ खर्ब ६४ अर्ब नै कायम रहेको बताए ।

यदि सरकारी निकायहरूले सो बजेट खर्च गर्नसक्ने क्षमता देखाए भने यो रकम उपलब्ध हुनसक्छ । तर बजेट परिचालनमा चुनौती रहेको उनले बताए । अर्थमन्त्री खनालले हाल नेपाल सरकारको सञ्चित कोषमा १३० अर्ब रुपैयाँ घाटा रहेको बताए। उनका अनुसार सञ्चित कोषले नदिएका अवस्थामा केही नियन्त्रण गर्नुपर्ने र सकेसम्म प्राथमिकताका आधारमा सही ठाउँमा बजेट परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अर्थमन्त्री खनालले ११९ अर्ब बराबरका आयोजनाहरू तयारी अवस्थामा नरहेको र राम्रो प्रतिफल नदिने देखिएकाले प्रारम्भिक मूल्यांकन गरी स्थगित गरिएको जानकारी दिए । यी आयोजनाहरू तयारी भएपछि टेण्डर प्रक्रिया अघि बढेपछि अर्थ मन्त्रालयमा छलफल गरी फुकुवा गर्ने नीति रहेको छ । हालसम्म केही आयोजनाको ४२ अर्ब फुकुवा गरिसकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय