दुर्गा प्रसाईंको पक्राउप्रति आजपाको आपत्ति, बिनासर्त रिहाइको माग

spot_img

काठमाडौं,०५ फागुन । आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईलाई बिनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ। प्रसाई सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए।

पार्टीका प्रवक्ता चन्द्रभूषण साहले मंगलबार विज्ञप्ति जारी गर्दै रातिको समयमा गरिएको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा सरकारमाथि आफ्ना आलोचक तथा फरक धारका व्यक्तिहरूलाई निरुत्साहित गर्ने उद्देश्यले पटक–पटक पक्राउ गर्ने र छोड्ने अभ्यास गरेको आरोप लगाइएको छ।

‘यस्तो कार्य सरकारको मर्यादा र परिपक्वताविरुद्ध मात्र नभई विधिको शासन तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

आजपाले मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता तथा असहमतिको अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गर्दै प्रसाईलाई गरिएको पक्राउलाई प्रतिशोधपूर्ण भनेको छ। पार्टीले उक्त गिरफ्तारीलाई तत्काल निष्प्रभावी बनाई बिना सर्त रिहा गर्न माग गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय