काठमाडौँ,१३ फागुन । स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३,१४,८०० कायम भएको छ भने चाँदीकाे मूल्य रु ५,७१५ पुगेको छ।
हिजो मङ्गलबार सुनको मूल्य पनि रु ३,१४,८०० नै रहेको थियाे, तर चाँदीको मूल्य रु ५,५८५ रहेको थियो। सोमबार सुनको मूल्य रु ३,१३,५०० र चाँदी रु ५,५९५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य स्थिरतर्फ उन्मुख देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँंस सुन करिब ५,१८० अमेरिकी डलर मा कारोबार भइरहेको तथा सोही परिमाणको चाँदी करिब ८९ अमेरिकी डलर मा कारोबार भइरहेको छ।
यसले स्थानीय बजारमा सुन स्थिर रहँदा चाँदीमा आएको वृद्धिले उपभोक्ता र व्यवसायी दुवैलाई ध्यानाकर्षण गराएको छ।

