Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

फागुन १८ मध्यरातिदेखि निर्वाचन...

काठमाडौं,१४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार फागुन १८...

सर्लाही–१ का उम्मेदवार मनोज...

सर्लाही,१४ फागुन । सर्लाही जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली...

इन्स्टाग्राममा १० करोड फलोअर्स...

काठमाडौं, १४ फागुन । भारतका प्रधानमन्त्री Narendra Modiले सामाजिक सञ्जाल Instagramमा १० करोड (१००...

निर्वाचनका दिन आन्तरिक र...

काठमाडौं, १४ फागुन । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै...

मतदाताहरु प्रदीप यादवले बिगतमा गरेको काम सम्झिँदै : पर्सा १ मा यादवप्रतीको जनसमर्थन बढदो क्रममा

spot_img

वीरगंज- पर्सा क्षेत्र १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफनो क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तिब्रता दिएका छन्। घरदैलोका क्रममा स्थानीय मतदाताहरूले उत्साहपूर्वक एमाले र सूर्य चिन्हमा मतदान गरी पुर्व मन्त्री समेत रहेका उम्मेदवार यादवलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवार यादवले वीरगंज महानगरको वडाहरुमा पुगी मतदातासङ्ग प्रत्यक्ष भेट गरि आफ्नो प्रतिवद्दता सहित मत मागेका छन् । घरदैलो अभियानकै क्रममा जगरनाथपुर पुगेका उम्मेदवार यादवलाई स्थानीयवासीहरूले भव्य स्वागत गरेका छन्। स्थानीयको व्यापक सहभागितासहित गरिएको स्वागत कार्यक्रमले पर्सा १ मा एमालेप्रतिको जनसमर्थन झनै बलियो बन्दै गएको छ ।

स्थानीय विकासमा उम्मेदवार यादवको ऐतिहासिक योगदानलाई स्मरण गर्दै मतदाताहरूले उहाँप्रति दृढ विश्वास व्यक्त गरेका छन्। पर्सा बाट २ पटक सांसद र मन्त्री रहेका यादवले विपतको बेला जनताको साथमा रहने नेता हुन, पानीको हाहाकार भएको बेला तत्काल राहत हुने किसिमले डिप बोरिंग जडान,सडक,कोरोना कालमा फ्रन्टमा रहेर सहयोग गरे, विवाह भवन बनाएको योगदान आज पनि उदाहरणीय रूपमा स्मरण गरिन्छ।

वीरगंज १३ का एक स्थानीयले जिल्लाको समग्र विकासमा निरन्तर योगदान पुर्‍याएका इमानदार, कर्मठ र विकासप्रेमी नेता यादवलाई पुनः जिताएर पठाउने बताए। “विकासका काम देखिने गरी गर्ने नेता र पार्टी भनेकै एमाले हो,” उनले भने।
घरदैलो अभियानका क्रममा उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीका विषयमा आफ्ना स्पष्ट योजना सार्वजनिक गरेका छन्। एमाले नेतृत्वको सरकारले देशभर ठूला पूर्वाधार, सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्य संस्थाको विकास, तथा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्दै आएको उल्लेख गर्दै उनले पर्सालाई पनि समृद्धिको केन्द्र बनाउने प्रतिबद्धता जनाए।

उनले पछिल्लो समय मुलुकले भोगेको विध्वंस, अस्थिरता र विकास अवरोधपछि अब दृढ नेतृत्वसहित राष्ट्र निर्माणको नयाँ चरण आवश्यक रहेको बताए। “अब नारा होइन, परिणाम चाहिएको छ। एमालेले मात्र स्थायित्व, विकास र राष्ट्रिय हितको रक्षा गर्न सक्छ,” यादवले भने।

स्थानीय जनउत्साह, विगतका ठोस उपलब्धि, एमालेको विकासवादी नीति र राष्ट्रियताप्रतिको स्पष्ट अडानका कारण पर्सा १ मा एमालेको जित सुनिश्चित देखिएको स्थानीयवासीहरूको विश्वास छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय