Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

सर्लाही–४ का उम्मेदवार प्रदीप...

सर्लाही,१४ फागुन । सर्लाही जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय...

सर्लाही–४ का उम्मेदवार अमरेशकुमार...

सर्लाही,१४ फागुन । सर्लाही–४ बाट लगातार तीन पटक संसदीय निर्वाचन जितेका अमरेशकुमार सिंहले पुनः...

काे हुन सर्लाही–४ का...

सर्लाही,१४ फागुन । अहिले ३२ वर्ष मात्रै पुगेका चिकित्सक डा. रजनीश राय यादव सर्लाही–४...

सर्लाही–४ का उम्मेदवार अमनिशकुमार...

सर्लाही,१४ फागुन । नेकपा एमालेले सुरुवातमा सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ का लागि रविसिंह...

सर्लाही–२ का उम्मेदवार नागेश्वर साह काे हुन ?

spot_img

सर्लाही,१४ फागुन । सर्लाहीको पर्सा गाउँपालिका–४ मा २०३६ साल जेठमा जन्मिएका नागेश्वर साह २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका उम्मेदवार छन् । प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका साह मधेश आन्दोलनको पृष्ठभूमिबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । प्रत्यक्ष जनसम्पर्कमा विश्वास गर्ने साह संगठन र आन्दोलनमार्फत जनमत निर्माण गर्न खप्पिस छन् ।

मधेश आन्दोलनमा सक्रिय भएकै कारण राजनीतिमा आफ्नो पहिचान बनाउन सफल साह नेकपा एमालेको राजनीतिमा सक्रिय हुनुअघि अन्य राजनीतिक दलमा समेत आबद्ध थिए । जसका कारण उनलाई दल फेरिरहने अवसरवादी नेताको रूपमा पनि चित्रण गर्ने गरेको पाइन्छ ।

प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक भाग लिएका साह २०५४ सालदेखि सदभावना पार्टीको विद्यार्थी संगठनबाट राजनीति सुरुवात गरेका हुन् । २०६२/६३ को पहिलो मधेश आनदोलनमा अहम भूमिका निर्वाह गरेका साह २०७२/७३ को दोस्रो मधेश आन्दोलनमा पनि उत्तिकै सक्रिय थिए ।

२०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका सर्लाही जिल्ला अध्यक्ष भए । उक्त पार्टी परित्याग गरी २०७६ सालमा उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरे । २०७८ सालमा उनी नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य बने । त्यसयता एमालेमा सक्रिय भएका उनी यो पटकको चुनावमा एमालेबाटै चुनावी प्रतिस्पर्धामा छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय