Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

सर्लाही–४ का उम्मेदवार प्रदीप...

सर्लाही,१४ फागुन । सर्लाही जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय...

सर्लाही–४ का उम्मेदवार अमरेशकुमार...

सर्लाही,१४ फागुन । सर्लाही–४ बाट लगातार तीन पटक संसदीय निर्वाचन जितेका अमरेशकुमार सिंहले पुनः...

काे हुन सर्लाही–४ का...

सर्लाही,१४ फागुन । अहिले ३२ वर्ष मात्रै पुगेका चिकित्सक डा. रजनीश राय यादव सर्लाही–४...

सर्लाही–४ का उम्मेदवार अमनिशकुमार...

सर्लाही,१४ फागुन । नेकपा एमालेले सुरुवातमा सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ का लागि रविसिंह...

रास्वपा हिंसामा विश्वास गर्दैन: रवि लामिछाने

spot_img

काठमाडाै,१४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार गोरखाको सदरमुकाममा आयोजित सभामा आफ्नो पार्टीले हिंसामा विश्वास नगर्ने स्पष्ट पारेका छन्।

सभामा उनले भने, “संरचना जलेकोमा हामी गौरव गरेका छैनौँ। हिंसालाई रास्वपाले कहिल्यै समर्थन गर्दैन।” लामिछानेले धर्म र भूगोलको नाममा राजनीति नगर्ने आफ्नो पार्टीको सिद्धान्त पनि प्रस्ट पारे।

उनले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेको र पछि संरचनाहरू जलेको घटनाको उदाहरण दिँदै, धर्मको नाममा द्वन्द्वको बीउ रोपिँदा त्यसको परिणाम कस्तो हुन्छ भन्ने चेतावनी दिएका छन्। उनले विश्वभरका धार्मिक युद्ध मच्चिरहेका देशका उदाहरण हेर्न आग्रह गरे।

“हरेक जात, धर्म र संप्रदायमा विश्वास गर्ने व्यक्तिलाई हामी समान सम्मान गर्छौँ,” उनले बताए। साथै, लामिछानेले आगामी चुनावलाई महाभारतसँग तुलना गर्दै मतदातालाई कौरव र पाण्डव छुट्याएर हेर्न आग्रह गरे। उनले आफूलाई प्रधानमन्त्री बन्ने अफर आए पनि त्यसलाई अस्वीकार गरेको जानकारी दिए।

यसरी लामिछानेले आफ्नो पार्टीको गैरहिंसात्मक, समानता र धर्मनिरपेक्ष दृष्टिकोण चुनावी प्रचारका क्रममा पुनः पुष्टी गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय