बारामा ११० मध्ये ९९ उम्मेदवारको जमानत जफत, अधिकांश मत रास्वपातर्फ

spot_img

बारा,२४फागुन । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा बारामा प्रतिस्पर्धामा रहेका ११० उम्मेदवारमध्ये ९९ जनाको जमानत जफत भएको छ ।

कुल सदर मतमध्ये १० प्रतिशत पनि ल्याउन नसकेपछि उम्मेदवारको जमानत जफत भएको हो । यसमा तत्कालीन ठूला र मधेसी दललगायतका उम्मेदवारको समेत जमानत जफत भएको छ ।

जमानत जफत हुनेमा एमाले, कांग्रेस, नेकपा, जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, श्रम संस्कृति, उज्यालो नेपाल पार्टी, परिवर्तन नेपाललगायतका पार्टीका उम्मेदवार समेत छन् । अधिकांस मत रास्वपाका उम्मेदवारतर्फ गएपछि अन्य दलको आकार खुम्चिएको हो ।

जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार बारा–१ मा २० उम्मेदवारमध्ये १७ जनाको जमानत जफतको अवस्था छ । बारा–२ मा २९ उम्मेदवारमध्ये २६ उम्मेदवारको जमानत जोगाउन सकेनन् भने बारा– ३ का २४ उम्मेदवारमध्ये २२ जनाको जमानत जफत भएको छ । बारा–४ मा प्रतिस्पर्धामा रहेका ३७ उम्मेदवारमध्ये ३४ जनाले जमानत जोगाउन सकेनन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय