गोरखा–१ मा रास्वपाका सुदन गुरुङको फराकिलो अग्रता

spot_img

काठमाडौँ,२५ फागुन । जारी रहेको प्रतिनिधि सभा निर्वाचन २०८२को मतगणनामा गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङले उल्लेखनीय अग्रता कायम गरेका छन्।

हालसम्म प्राप्त मत परिणामअनुसार गुरुङले १६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले १० हजार १ सय १७ मत पाएका छन्। यससँगै गुरुङ र खत्रीबीचको मतान्तर ६ हजार ४ सय ३४ पुगेको छ।

यसैगरी तेस्रो स्थानमा रहेका नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हरि राज अधिकारीले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छन्।

मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

spot_img

ताजा अपडेट

लोकप्रिय