धनुषा–१ निर्वाचन विवादमा शुक्रबार सर्वोच्चको प्रारम्भिक दृष्टिकोण आउने

spot_img

काठमाडौं,२५ फागुन । सर्वोच्च अदालतले आगामी शुक्रबार धनुषा–१ को निर्वाचन विवादवारे आफ्नो प्रारम्भिक दृष्टिकोण दिने भएको छ । उम्मेदवारी खारेजीमा परेका धनुषा–१ का रास्वपाका उम्मेदवार किशोरी साह कमलले पेस गरेको रिट निवेदनमाथि आगामी शुक्रबार सुनुवाइ गर्ने आदेश गरेको हो ।

दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेश जारी हुने वा नहुने तय गर्नु उपयुक्त हुने भन्दै सर्वोच्च अदालतले आगामी शुक्रबार दुवै पक्षलाई छलफलका लागि डाकेको छ । र, त्यो दिन निर्वाचन आयोगले समेत साहको उम्मेदवारी खारेज गर्नुको निर्णय सम्बन्धित फाइल पेस गर्नुपर्नेछ । सर्वोच्च अदालतले त्यही दिन अन्तरिम आदेश जारी हुने वा नहुनेबारे छलफल र आदेश समेत हुने संकेत गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय