युवा विदेश पलायनबारे मुख्यमन्त्री यादव चिन्तित, रोकथाम उपाय अहिलेसम्म स्पष्ट भएन

spot_img

बीरगन्ज,०३ चैत । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले युवा विदेश पलायनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। तर, युवाहरूलाई स्वदेशमै रोक्ने ठोस योजना उनले सार्वजनिक गरेका छैनन्।

मंगलबार जनकपुरधाममा एक सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले आफ्नो कार्यकालको पहिलो ५० दिन आचारसंहितामा बितेको र बाँकी अवधिमा प्रदेश सरकारको उपस्थितिको अनुभूति गराउने प्रयास भइरहेको जानकारी दिए। साथै, जेनजी आन्दोलनका क्रममा जलेका भवनका कारण प्रदेश गृह मन्त्रालयमै आफ्नो कार्यालय सञ्चालन गरी काम अघि बढाइरहेको बताए।

स्वास्थ्य क्षेत्रमा प्रगति भएको दाबी गर्दै उनले जनकपुरधाम प्रादेशिक अस्पतालमा सुधार गरिएको बताए। बिरामीको चाप बढ्दा टिकट (पूर्जा) काट्न समस्या भएको अवस्थालाई सहज बनाउन घरबाटै अनलाइन पूर्जा काट्ने सुविधा लागू गरिएको छ। परीक्षण शुल्क भुक्तानी र रिपोर्ट पनि अनलाइन उपलब्ध रहेको उनले जानकारी दिए।

शिक्षा क्षेत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा एक नमुना विद्यालय विकास गर्ने योजना सुरु गरिएको छ। पहिलो चरणमा १५ सामुदायिक विद्यालयमा काम अघि बढिसकेको र प्रत्येक विद्यालयमा कम्तीमा ५० लाख रुपैयाँ लगानी हुने मुख्यमन्त्री यादवले बताए।

कार्यक्रममा उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल सुरु गरिएको पनि जानकारी दिएका छन्। मुख्यमन्त्रीले कार्यक्रमलाई “१०० दिन, ५१ काम” भन्ने नारासहित सञ्चालन गरिएको बताए, तर युवा पलायन रोक्ने विषयमा अझै स्पष्ट नीति सार्वजनिक नभएको देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय