खाडीमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

spot_img

काठमाडौं,०६ चैत ।  हालैको इजरायल–अमेरिका र इरानबीच जारी युद्धको सन्दर्भमा खाडी मुलुकहरूमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा ७ जना नेपाली पक्राउ परेका छन्।

यूएई प्रहरीले तीन, साउदी अरबले तीन र कुवेतले एक नेपालीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले इरानी मिसाइल र ड्रोन आक्रमणका फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यूएई, साउदी अरब र कुवेतमा नेपालीहरूले सार्वजनिक सुरक्षा र अन्तर्राष्ट्रिय निर्देशिकाको अवज्ञा गरेको भन्दै पक्राउ भएको जानकारी दिए। मन्त्रालयले यसअघि नै यस्तो सामग्री खिच्न र पोस्ट नगर्न नेपालवासीलाइ सचेत गराइसकेको थियो।

यूएईको महान्यायाधिवक्ता कार्यालयको निर्देशनमा पक्राउ परेकाहरूलाई अनुसन्धान भइरहेको छ। दोषी ठहर भएमा उनीहरूलाई एक वर्षसम्म कैद र जरिवाना, साथै डिपोर्ट गर्ने प्रावधान लागू हुनेछ। यूएईमा जरिवानाको सीमा करिब १ लाख दिराम तोकिएको छ।

सार्वजनिक सुरक्षा र अफवाह फैलिन नदिन सरकारले नेपाली नागरिकहरूलाई खाडी मुलुकहरूमा सतर्क रहन आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय